रोमान्टिक कमेडी फिल्ममा खुसी कपूर र इब्राहिम अलीको जोडी
नयाँदिल्ली । आर्चिज फिल्मबाट डेब्यू गरेकी स्टार किड खुसी कपूर अब करण जौहरको प्रडक्शनमा बन्न लागेको नयाँ फिल्ममा देखिँदै छिन् । यो फिल्ममा खुसीको जोडीको रूपमा सैफ अली खानको जेठो छोरा इब्राहिम अली खान रहनेछन् । यो फिल्मको सुटिङ सुरु भइसकेको बताइएको छ । करणले यो फिल्म नेट्फिल्क्सको लागि बनाउन लागेका हुन् ।
जनवरी २१ मा फिल्मको सुटिङ सुरु भएको हो । फिल्मको टाइटल तय भइसकेको छैन । फिल्मको घोषणा गर्दै करणले आफ्नो सामाजिक सञ्जाल इन्ष्टाग्राममा आफ्नो एकाउन्टमा सुटिङको एउटा तस्बिर पोष्ट गरेका थिए । तस्बिरमा शोना गौतम क्ल्यापबोर्ड समातेर बसिरहेकी थिइन् । ‘तिमीलाई मेरो धेरै धेरै माया अनि आशीर्वाद । तिम्रो डाइरेक्टोरियल डेब्यूको पहिलो दिन । एउटा ठुलो दिन अनि जिन्दगीभरिको लागि याद ।’ क्याप्सनमा करणले लेखेका छन् ।
क्ल्यापबोर्डको तस्बिरमा करण जौहरको प्रडक्शन हाउस धर्मा प्रडक्शन र नेटफ्लिक्सको लोगो छ । केही दिनअघि मात्रै पिंकभिलाले एक समाचारमा करणको नयाँ फिल्ममा बोनी कपुर र श्रीदेवीकी कान्छी छोरी खुसी कपुर र सैफ अली खानका छोरा इब्राहिम अली खान लिड रोलमा रहने बताएको थियो । यो फिल्मको निर्देशकका रूपमा रहेकी शोना गौतमले यसअघि रकी और रानीकी प्रेम कहानीमा करण जौहरको असिस्टेन्ट डाइरेक्टरको रूपमा काम गरेकी थिइन् ।
करणको फिल्मबाट डेब्यू गर्दैछन् इब्राहिम
खुसी कपुरले गएको वर्ष जोया अख्तरको फिल्म द आर्चिजबाट आफ्नो एक्टिङ करियरको शुरुआत गरेकी थिइन् । करणको यो फिल्म खुसीको दोस्रो फिल्म हुनेछ । इब्राहिम यसअघि नै करण जौहरको प्रडक्शनमा बनिरहेको फिल्म सरजमीको हिस्सा बनिसकेका छन् । यो उनको एक्टिङ डेब्यु हुनेछ । इब्राहिमको यो फिल्ममा अभिनेत्री काजोलको पनि मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण