शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

रैथाने बालीप्रतिको जागरण राष्ट्रिय स्तरमा पुग्यो

सोमबार, ०८ माघ २०८०, १३ : ४३
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समयमा रैथाने बालीप्रतिको जागरण राष्ट्रिय स्तरमा नै भएको पाइएको छ । आफ्नो ठाउँमा भएको जात नै सर्वेसर्वा हुनु पर्ने र यसलाई नै सुधार्नु पर्ने भन्ने अभिवृद्धि राष्ट्रिय स्तरमा आएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीले बताए ।

 विभिन्न सरकारी निकायबाट रैथाने बालीलाई प्रवर्द्धन र संरक्षण कार्यक्रम गरेको हुनले रैथाने बालीप्रतिको जागरण राष्ट्रिय स्तरमा पुगेको जोशीले उल्लेख गरे । बजारमा रैथाने बालीको माग हुनु, स्वास्थ्यको लागि राम्रो भएकाले पनि यो बाली प्रवर्द्धन र संरक्षणमा जोड दिएको उनले सुनाए । खाद्यान्न बालीमा धान, मकै र गहुँ मात्रै नभई कोदो, कागुनो लगायत रैथाने बालीलाई राख्नसमेत जोड दिनुपर्ने बताए । 

देशभर माघ १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइएको छ । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका कृषि जैविक विविधता सप्ताह मनाइएको हो । 

खाद्य, पोषण, स्वस्थ, व्यवसाय र वातावरणको लागि कृषि जैविक विविधता आवश्यक भएकाले २०७९ सालबाट नेपालमा प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप