हनुमानले विश्वभरबाट दुई सय करोडभन्दा बढी कमायो
नयाँ दिल्ली । तेज सज्जा स्टार फिल्म ‘हनुमान’ले गएको १० दिनदेखि बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । फिल्मले दोस्रो सप्ताहन्तमा पनि पहिलोको जत्तिकै कमाई गरेको छ । पहिलो सप्ताहन्तमा फिल्मले ४१ करोड ५९ लाख भारु कमाएको थियो । दोस्रो सप्ताहन्तमा फिल्मको कमाई ४१ करोड २५ लाख भारु रह्यो ।
घरेलु बक्स अफिसमा फिल्म महेश बाबुजस्ता सुपरस्टारको फिल्म गुंटूर कारमभन्दा पनि अगाडि निस्किएको छ । कुनै सुपरस्टार नभएको सस्तो बजेटको फिल्मको लागि यो निकै ठूलो उपलब्धि हो ।
आइतबार गुंटूर कारमले ३ करोड ७५ लाख भारुको बिजनेस गरेको थियो । सोही दिन हनुमानको कमाई ५ गुणाभन्दा बढी अर्थात् १६ करोड ५० लाख भारु थियो । घरेलु बक्स अफिसमा हनुमानको कूल कमाई १३० करोड ६० लाख भारु पुग्दा गुंटूर कारमको कलेक्शन ११८ करोड भारु रहेको छ ।
आइतबार वल्र्डवाइड बक्स अफिसमा २३ करोड ८१ लाख भारु कमाएपछि फिल्मको टोटल कलेक्शन २०९ करोड भारु भएको छ । उत्तर अमेरिकाको बक्स अफिसमा ३२ करोड कमाएर फिल्म सबैभन्दा धेरै कमाउने पाँचौं टलिवूड फिल्मको रेकर्ड बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण