१ देखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ अध्यापन गराउने
काठमाडौँ । सरकारले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् ।
सचिव पोखरेलले १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे । उनले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए । उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने जानकारी पनि दिए ।
उनले भने, ‘३ सय बेडमा ठुला अस्पतालहरूले स्टाफ नर्स पढाउन छोड्न नहुने भनेका छौँ । १५ बेड सम्मका अस्पतालहरूमा एमबीबीएस डाक्टर पठाउन सक्दैनौँ । त्यहाँ सरकारले पठाउने भनेकै स्टाफ नर्स हो । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको छ । त्यो भएकाले नयाँ जनशक्ति लिन सक्दिन । लोकसेवा आयोगमा प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसरको लागि भर्ना खालेका छौँ ।’ उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए ।
सचिव पोखरेलले चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको बताए । उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे । धेरै आयोजनाहरूको टेन्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भए पनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए । उनले मन्त्रालयको भौतिक प्रगतिमा कार्यक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण