पोखरा महानगरले बढाएको करविरुद्ध कास्की कांग्रेस, मेयरलाई बुझायो ज्ञापनपत्र
पोखरा । पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षदेखि बढाएको मालपोत तथा भूमिकरको विरुद्धमा कांग्रेस कास्कीले ज्ञापनपत्र बुझाएको छ । मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अस्वाभाविक रुपमा बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको नेतृत्वमा टोलीले राजश्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन सुझाब दिएको छ ।
कांग्रेसले अहिले बढेको कर घटाएर राजश्व वृद्धिका लागि १२ बुँदे सुझाव दिइएको हो । परम्परागत घेराभन्दा बाहिर निस्कन, धेरै कर उठाउने नभई धेरै करदाता सिर्जना गर्ने नीति अवलम्बन गर्न, कर बढाएर मात्रै राजस्व बढ्दैन भन्ने महसुस गर्न कांग्रेसको सुझाव छ ।
यस्तै, लगनशीलता र मितव्ययिताको परम्परालाई स्थापित गर्न र पोखराका निम्ति सपना देख्न तथा सपना देखाउन सुझाव दिइएको बरालले बताए । उनका अनुसार दक्ष जनशक्तिको व्यवस्थापन गर्न, सबै तहका सरकारसँग समन्वय गर्न, कम लगानीमा देखिने गरी विकासका काम गर्न माग गरिएको छ ।
विकासको योजना प्राथमिकताको आधारमा तय गर्न, जनतालाई नवप्रवर्धनात्मक उद्यमशीलता र उत्पादनसँग जोड्न, बेरुजु र बाँकी बक्यौता उठाउन इमानदार भएर प्रयास गर्न, करको दायरा वृद्धिका लागि व्यवस्थित अध्ययन÷अनुसन्धान गर्न, पर्यटन मैत्री शिष्टाचार र संस्कारको निर्माण गर्न पनि सुझाव दिइएको छ । कांग्रेसले विज्ञहरुसँग समन्वय गरेर सुझावपत्र तयार गरेको हो ।
‘जनताबाट उठेका प्रश्नहरुप्रति नेपाली कांग्रेसको उच्च सम्मान छ । आफ्ना जनप्रतिनिधिहरुले गरेका निर्णयहरु कहिले काहीँ जनताको हित अनुकूल हुन नसकेको जनगुनासो आएपछि कांग्रेस परिमार्जित गर्दै अगाडि बढ्ने राजनैतिक संस्कारलाई स्थापित गराउन चाहन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण