शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति बैठक : ८ विभागका पदाधिकारी मनोनीत

सोमबार, ०८ माघ २०८०, २० : ०९
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस दोस्रो केन्द्रीय समिति बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । 

माघ ७ र ८ गते जनकपुरमा बसेको बैठकले महासचिव अजयकुमार राईद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष संजय कुमार दाहालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको हो ।

यस्तै ट्रेड युनियन कांग्रेसले संगठन विस्तार, परिचालन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढ्ने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष गणेश बहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

ट्रेड युनियन कांग्रेस वरिष्ठ उपाध्यक्ष तेजेन्दजंग कार्कीले बैठकमा माउ पार्टी नेपाली कांग्रेसलाई सहयोग गर्दै आएपनि श्रमिकको प्रतिनिधित्वमा खासै चासो नदेखाइएकोमा बैठकमा गम्भीर छलफल भएको बताए ।

बैठकमा आगामी दिनमा पार्टीसँग कस्तो सम्बन्ध हुने भन्ने विषयमा महासंघको अवधारण निर्माण गर्न वरिष्ठ उपाध्यक्ष कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ ।  कांग्रेसको आगामी महासमिति बैठकमा श्रमिक प्रतिनिधित्वका लागि दबाबमूलक कार्यक्रम गर्ने  ट्रेड युनियन कांग्रेसले निर्णय गरेको महासचिव अजय राईले बताए ।

विगत लामो समयदेखि आधिकारिक ट्रेड युनियनको निर्वाचन नियमित नभएकोले नियमित हुनुपर्ने बैठकको निर्णय छ । श्रम ऐन र सामाजिक सुरक्षा योजना प्रभावकारी लागू गर्न र उपदानमा लाग्दै आएको १५ % करलाई ५% कायम गराउन महासंघले विशेष कदम चाल्ने महासचिव राईको भनाइ छ ।

होटललगायत सत्कार क्षेत्रमा श्रमिकले पाउँदै आएको सेवा शुल्क कायम हुनुपर्ने  र श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गराउन विशेष अभियान थाल्ने भएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको समायोजनले कर्मचारी कटौती तथा सेवा सुविधा एवं ट्रेड युनियन अधिकार कुण्ठित भएकोप्रति तत्काल नसच्चिए कडा अभियान चाल्ने उनको भनाइ छ ।

कार्यस्थलबाट नै मताधिकार, विदेश जानुपूर्व दिने अभिमुखीकरण तालिममा बढाइएको शुल्क फिर्ता लिनुपर्ने र युवालाई स्वदेशमा नै रोजगारीको सृजना गराउनुपर्ने उनले बताए ।

८ विभागका पदाधिकारी मनोनीत, संगठनको जिम्मा कार्कीलाई

ट्रेड युनियन कांग्रेसले ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव पनि तोकेको छ । संगठन विभाग प्रमुखमा तेजेन्द्रजंग कार्की, उपप्रमुखमा अर्चना बस्नेत, सचिवमा उत्तम गौतमलाई मनोनीत गरिएको छ ।

बैठकले मानव अधिकार तथा ट्रेड युनियन विभाग प्रमुखमा गणेश बहादुर केसी, उपप्रमुख जर्नादन भट्टराई, सचिव कृष्ण अर्याललाई मनोनीत गरेको छ ।

आर्थिक विभाग प्रमुखमा ज्योति कोइराला, उप प्रमुखमा रशा गुरुंग र सचिवमा घनश्याम चापागाईँ मनोनीत हुँदा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा राधिका कुइँकेल, उप प्रमुखमा कमलकुमार खत्री र सचिवमा सुदिप बुढाथोकीले मौका पाएका छन् ।

सामाजिक सुरक्षा तथा श्रम सहकारी विभाग प्रमुखमा ललित बहादुर श्रेष्ठ, उप प्रमुखमा कुल

बहादुर खडका र सचिवमा शान्ति सिंहले जिम्मेवारी पाउँदा श्रम सम्बन्ध विभाग प्रमुखमा नेत्रबहादुर थापा, उपप्रमुखमा देवदत्त बडू र सचिवमा माधव उपाध्याय मनोनीत भएका छन् ।

यस्तै योजना तथा अनुसन्धान विभाग प्रमुखमा राजेश पालिखे, उप प्रमुखमा तारा राई कार्की र सचिवमा विष्णु अधिकारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप