मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक

मङ्गलबार, ०९ माघ २०८०, ०९ : ५१
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । मेलम्चीमा गएको बाढी र पहिरोले करिब एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । 

अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्याङ्क र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिब ७० लाख बराबरको आर्थिक हानि, नोक्सानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिए । बाढीले प्रत्यक्ष हानी नोक्सानी भन्दा बढी गैर आर्थिक हानी नोक्सानी गरेको अध्ययन देखाएको छ ।  गैर आर्थिक हानी नोक्सानी तथ्याङ्क यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा  समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताए ।

उनले भने, ‘हामीले आर्थिक रूपमा एक घर बराबर लगभग ७० लाख रुपैयाँ औसतमा आर्थिक क्षति भएको भन्ने हाम्रो आँकडाले देखाएको छ । यो भन्दा अगाडि हामीले जुन सूचनाहरू सङ्कलन गरेका थियौँ नगरपालिकाबाट । त्यो नगरपालिकाको तथ्यांकअनुसार अहिले दुई वटा नगरपालिकामा गरेर करिब ६५ अर्व रुपैयाँ आर्थिक क्षति भएको भनेर आङ्कलन गर्नुभएको छ । त्यो ग्यापलाई कम गर्ने जमर्को गरेको छ । अर्को महत्त्वपूर्ण पक्ष जुन नगदमा मूल्याङ्कन गर्न सकिँदैन । जसलाई हामी गैर आर्थिक क्षति तथा नोक्सानी भन्छौँ । त्यसमा मानसिक समस्याहरू हुने, संस्कृति र पर्यटन सम्बन्धी क्षति हुने । र मान्छेको जीवनमा प्रत्यक्ष असर पार्ने कुराहरू पनि हामीले यसमा ल्याउने जमर्को गरेका छौ । जसमा एउटा सानो तथ्याङ्क भन्नुपर्दा चाहिँ हामीले सोधिएका मध्ये ८५ प्रतिशत भन्दा बढिले गैर आर्थिक क्षतिबाट गुज्रनुपरेको भन्ने उहाँहरूले आफ्नो धारणा राख्नुभएको थियो ।’

वातावरणविद् प्रवीणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए । उनले नेपाल सरकारले उपलब्ध गराएको तथ्याङ्क र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको पनि बताए । मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिब ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । त्यसैको आधारमा आफूहरूले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण सङ्कलन गरेको वातावरणविद् सिंहले बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरूले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको बताए । उनले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई प्रतिघरधुरी लालपुर्जाको आधारमा १० हजारका दरले राहत उपलब्ध गराएको पनि बताए । मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिए ।

मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्सानी बारे पहिलो पटक वृहत् अध्ययन सार्वजनिक भएको हो । यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ । जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको अध्ययनले आर्थिक र गैरआर्थिक क्षति तथा नोक्सानीको तथ्याङ्क सङ्कलन गरेको हो । य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप