प्रभु बैंकले लाभांश वितरण नगर्ने
मङ्गलबार, ०९ माघ २०८०, ११ : ३१
काठमाडौँ । प्रभु बैंकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ ।
बैंकको ३२१औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो । बरु गत आर्थिक वर्षको वित्तीय रिपोर्ट स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।
प्रभु बैंक पनि मर्जर तथा प्राप्ति र एफपीओबापतको कर बुझाउने कम्पनीहरूको सूचीमा छ । सरकारको चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओबापतको कर उठाउने निर्णयलाई अदालतले सदर गरेसँगै प्रभुले ५ करोड रुपैयाँ कर बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण