अत्यधिक भिडका कारण राममन्दिरमा पहिलो दिनै घायल भए श्रद्धालुहरु
नयाँ दिल्ली । सोमबार अयोध्यामा राम मन्दिरमा रामको मूर्तिको प्राणप्रतिष्ठा भयो । मंगलबार पहिलो दिन सर्वसाधारणका लागि मन्दिरको द्वार खोलिएको थियो ।
पहिलो दिनमै ठूलो संख्यामा श्रद्धालुहरु दर्शनका लागि पुगे । बिहान तीन बजेदेखि नै मन्दिरको बाहिर श्रद्धालुहरूको भिड लाग्न शुरु भएको थियो । भीड थेगिनसक्नु भएपछि एटीएस र आरएएफका जवानहरुलाई राम मन्दिर परिसरभित्र पठाइयो ।
भीड थेग्न नसकेपछि केही बेर दर्शनमा समेत रोक लगाउनु पर्यो । भीड यति धेरै थियो कि प्रहरीहरूलाई भिड सम्हाल्नै मुश्किल बनेको इन्टरनेटमा भाइरल भइरहेका मन्दिरका भिडयोहरूमा देख्न सकिन्छ ।
श्रद्धालुहरू सुरक्षा घेरा तोडेर मन्दिर परिसरमा प्रवेश गरिरहेको भिडियोमा देखिएको भन्दै बीबीसी हिन्दीले समाचार पनि लेखेको छ । अर्को एउटा भिडियोमा भने प्रहरी अधिकारीले एक व्यक्तिलाई स्ट्रेचरमा उठाएर मन्दिर परिसरबाट बाहिर लगिरहेको अनि एम्बुलेन्समा हालिरहेको देखिन्छ ।
अहिलेसम्म मन्दिरमा कति श्रद्धालु घाइते भए भन्नेबारे यकिन तथ्यांक आएको छैन ।
मंगलबार गृह विभागका मुख्य सचिव र प्रहरी महानिर्देशक (कानून व्यवस्था) प्रशान्त कुमार राम मन्दिरको गर्भमै थिए । अहिलेसम्म करिब ३ लाखले मन्दिरमा रामको बालक स्वरुपको मूर्तिको दर्शन गरेको बताइएको छ । यति नै संख्यामा मानिसहरु दर्शनको प्रतीक्षामा रहेको बताइएको छ ।
अयोध्यामा भीड नियन्त्रण गर्न कयौँ खाले प्रतिबन्ध लगाइएको छ । बस र रेल बन्द छन् । तर यति हुँदा हुँदै पनि लाखौंको संख्यामा श्रद्धालु त्यहाँ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण