बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रविधिमैत्री सेवा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल चनाखो हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, ०९ माघ २०८०, १८ : ४५
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।  

२३ औँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनाखो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिए । उनले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हित अनुकूल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई सचेत गराए । 

प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भूमिकाको प्रशंसा गर्दै सो सम्बन्धी तय गरिएको कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताए ।

प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलले मुलुकको समृद्धिको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप