रोहन बोपन्ना-म्याथ्यू एब्डेन अस्ट्रेलियन ओपनको सेमिफाइनलमा, विश्व वरीयतामा नम्बर एक बने
बुधबार, १० माघ २०८०, ०९ : ३६
सिड्नी । भारतीय टेनिस खेलाडी रोहन बोपन्ना र म्याथ्यू एब्डेनको जोडी अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै रोहन बोपन्ना पुरुष डबल्समा विश्व नम्बर एक बनेका छन् ।
४४ वर्षीय बोपन्ना र म्याथ्यु एब्डेनले क्वार्टरफाइनलको खेल ६-४, ७-६ (७-५) ले जितेर सेमिफाइनलमा प्रवेश गरेका हुन्। अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा अर्जेन्टिनाका म्याक्सिमो गोन्जालेस र आन्द्रे मोल्टेनीले रोहन बोपन्ना र म्याट इब्डेनसँग हार बेहोरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण