मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘वाणिज्य बैंकहरुजस्तै लघुवित्त र सहकारीहरू पनि मर्ज हुन आवश्यक’

बुधबार, १० माघ २०८०, ११ : ४६
बुधबार, १० माघ २०८०

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्र मार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका छन् । 

 पाठकले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताए । सरकारले तत्काल बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको उनको भनाइ छ । वि.स.२०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेका उनले बताए । 

 बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीन वटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको उनले बताए । 

राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यक भन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको उनको भनाइ छ । 

अध्यक्ष पाठकले ३५ हजार भन्दा बढी पुगेको सहकारी सङ्ख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको बताए । उनले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताए । बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्यौलता रहेको बताए । उनले  सहकारी वा लघुवित्त संस्था धेरै बनाउने भन्दा पनि गुणस्तरीय र स्तरीय बनाउनु पर्नेमा जोड दिए । 

अध्यक्ष पाठकले वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरू पनि मर्ज हुन आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्लो समय लघुवित्त र सहकारीमा जे समस्या देखिएको छ ।  वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरू पनि मर्ज हुनुपर्छ । एउटा स्थानीय तहमा धेरै वटा संस्था आवश्यक छैन । एउटा ठाउँमा धेरै लघुवित्त र सहकारी संस्थाहरू हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य हुने । सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप