युक्रेनमा रुसी मिसाइल आक्रमण : ५ जनाको मृत्यु, ४० घाइते
बुधबार, १० माघ २०८०, १२ : ११
एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको त्यहाँका आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले बताए ।
पूर्वी शहर खार्किभमा तीन जनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद शहरमा १ जनाको र किभमा अर्का एक जनाको मृत्यु भएको थियो । कीभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् ।
युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ । एयर डिफेन्सले सबै क्रूज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाईडेड एभिएसन मिसाइल खसालेको बताएको छ । हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठूलो हमला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण