भीभीआईपीहरुलाई अर्को १० दिनसम्म अयोध्या नआउन योगी सरकारको अनुरोध
बुधबार, १० माघ २०८०, १२ : ३१
अयोध्या । अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठापछि त्यहाँ ठुलो सङ्ख्यामा श्रद्धालुहरूको भिड लागेको छ । मंगलबार एकै दिन करिब ५ लाख मानिसले भगवान् रामको दर्शन गरेको बताइएको छ । भिड नियन्त्रण गर्न नसक्दा केहीबेर मन्दिरमा अव्यवस्था पनि देखिएको थियो ।
हजारौँको सङ्ख्यामा सुरक्षा जवानहरू खटाइएकोले प्रहरी प्रशासनले स्थितिलाई आफ्नो नियन्त्रणमा लिन सकेको बताइएको छ । मंगलबारको स्थिति देखेर उत्तर प्रदेश सरकारले केही दिन अयोध्या नआउने अति विशिष्ट मानिसहरूलाई अनुरोध गरेको छ ।
योगी आदित्यनाथ नेतृत्वको प्रदेश सरकारले जारी गरेको अनुरोधका अनुसार अझै १० दिनसम्म भीभीआईपीहरुलाई अयोध्या नआउन भनिएको छ । आउने नै भए पनि प्रशासन वा श्रीराम जन्मभूमि क्षेत्र ट्रस्टसँग कुराकानी गर्न भनिएको छ । मन्दिरमा बिहान ७ बजेदेखि राति ११ बजेसम्म दर्शनको अनुमति दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण