बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भीभीआईपीहरुलाई अर्को १० दिनसम्म अयोध्या नआउन योगी सरकारको अनुरोध

बुधबार, १० माघ २०८०, १२ : ३१
बुधबार, १० माघ २०८०

अयोध्या । अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठापछि त्यहाँ ठुलो सङ्ख्यामा श्रद्धालुहरूको भिड लागेको छ । मंगलबार एकै दिन करिब ५ लाख मानिसले भगवान् रामको दर्शन गरेको बताइएको छ । भिड नियन्त्रण गर्न नसक्दा केहीबेर मन्दिरमा अव्यवस्था पनि देखिएको थियो ।

हजारौँको सङ्ख्यामा सुरक्षा जवानहरू खटाइएकोले प्रहरी प्रशासनले स्थितिलाई आफ्नो नियन्त्रणमा लिन सकेको बताइएको छ । मंगलबारको स्थिति देखेर उत्तर प्रदेश सरकारले केही दिन अयोध्या नआउने अति विशिष्ट मानिसहरूलाई अनुरोध गरेको छ ।

योगी आदित्यनाथ नेतृत्वको प्रदेश सरकारले जारी गरेको अनुरोधका अनुसार अझै १० दिनसम्म भीभीआईपीहरुलाई अयोध्या नआउन भनिएको छ । आउने नै भए पनि प्रशासन वा श्रीराम जन्मभूमि क्षेत्र ट्रस्टसँग कुराकानी गर्न भनिएको छ । मन्दिरमा बिहान ७ बजेदेखि राति ११ बजेसम्म दर्शनको अनुमति दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप