बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

टेलिकमका पूर्व प्रबन्धक र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

बुधबार, १० माघ २०८०, १६ : ३०
बुधबार, १० माघ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई आयोगले बयानका लागि पटक-पटक आउन ताकेता गर्दा पनि नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतले बतायो ।

पक्राउ परेका उनीहरूलाई भोली विशेष अदालतमा उपस्थित गराइने जानकारी आयोगका उच्च अधिकारीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप