विनयराजको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने
काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । स्वस्थानी व्रत सुरुवात दिनको अवसर पारेर बिहीबार फिल्म निर्माण घोषणा भएको हो ।
केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्ने फिल्म पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने लागेको हो । निर्माण पक्षले फिल्मको आधिकारिक एक पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा एक व्यक्ति शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य छ ।
निर्देशक पौडेलले यसै फिल्म मार्फत निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्मका लागि धमाधम कलाकार छनौट भइरहेको छ ।
उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वयम् निर्देशक पौडेलकै रहनेछ ।
दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण