पहिलो दिन नै राम मन्दिरमा सवा ३ करोड भारु दान जम्मा
नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको राम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको दोस्रो दिन अर्थात् बुधवार साढे २ लाख भन्दा धेरै मानिसहरूले राम मन्दिरमा दर्शन गरेका थिए । यसैबिच पहिलो दिन मन्दिरमा आएको दानको तथ्यांक बाहिरिएको छ ।
मङ्गलवार श्रद्धालुहरूले मन्दिरमा ३ करोड १७ लाख भारु दान दिएका छन् । प्राण प्रतिष्ठापछि दानका लागि खोलिएको १० वटा काउन्टर र अनलाइन जनवरी २३ मा ३ करोड १७ लाख भारु बराबरको रकम दानबापत जम्मा भएको राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले बताएका हुन् । पहिलो दिन मन्दिरमा ५ लाख दर्शनार्थीहरुले दर्शन गरेका थिए ।
श्रद्धालुहरूको भिड थेगिनसक्नु भएपछि उत्तर प्रदेश सरकारले अति विशिष्ट पाहुनाहरूलाई अर्को १० दिनसम्म अयोध्या नआउन अनुरोध गरेको छ । प्राण प्रतिष्ठापछि बुुधबार बिहान ७ बजेदेखि १० बजेको बिचमा साढे २ लाखभन्दा धेरै भक्तहरूले मन्दिरको दर्शन गरेको राज्य सरकारको तर्फबाट जारी एक बयानमा जिल्लाका मजिस्ट्रेट नीतिश कुमारले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण