फिल्ममा कम्ब्याक गर्दै प्रीति जिन्टा
मुम्बई । सनी देओल ‘गदर–२’ को सफलतापछि अर्को ठुलो चलचित्रको तयारीमा लागेका छन् । सनीको नयाँ चलचित्र ‘लाहौर १९४७’ यतिबेला चर्चामा छ ।
चलचित्रका लागि थुप्रै नायिकाहरूको नाम आएको थियो । तर, अहिले यस चलचित्रमा नायिकाको रूपमा प्रीति जिन्टालाई देखिने समाचार आएको छ । उनी लुक टेस्टका लागि स्टुडियोसमेत पुगेकी छिन् । प्रीतिले लामो समयपछि चलचित्रमा कम्ब्याक गर्न लागेकी हुन् ।
यसअघि पनि प्रीति र सनीले थुप्रै चलचित्रमा काम गरिसकेका छन् । उनीहरूले यसअघि ‘हीरो : लभ स्टोरी अफ अ स्पाई’, ‘फर्ज’ र भैयाजी सुपरहिट’ मा काम गरेका थिए । प्रीतिले अन्तिम पटक खेलेको चलचित्र पनि भैयाजी सुपरहिट थियो । चलचित्र सन् २०१८ मा रिलिज भएको थियो ।
चलचित्रलाई आमिर खानले निर्माण गर्न लागेका छन् । आमिरसँग राजकुमार सन्तोषी पनि चलचित्रको हिस्सा हुनेछन् । चलचित्रको सुटिङ अर्को महिनादेखि सुरु हुने बताइएको छ । चलचित्रको बजेट करिब १ सय करोडको हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण