मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनाको दोष एक अर्कालाई लगाउँदै रुस–युक्रेन

बिहीबार, ११ माघ २०८०, १७ : ५४
बिहीबार, ११ माघ २०८०

किभ । बुधबार युक्रेनी सीमा नजिक एउटा रुसी विमान  दुर्घटनाग्रस्त हुँदा ७३ जनाको मृत्यु भएको थियो । सो विमानमा ६४ जना युक्रेनी युद्धबन्दीहरु थिए । 

रुसी चालक दलका ६ जना र अन्य तीन सहायक पनि थिए । यस दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । युक्रेनी युद्धबन्दीको ज्यानसँग खेलेको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसमाथि आरोप लगाएका छन् ।

रुसले सेना सट्टा–पट्टाका लागि भनेर युद्धबन्दी लैजाँदै थियो । युक्रेनी सैन्य जासुस एजेन्सी (जीयूआर)का अनुसार रुसले पहिला जस्तै गरी हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न कुनै जानकारी दिएको थिएन । बुधबार राति एउटा भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए, ‘रुसले युक्रेनी युद्धबन्दीका जिन्दगीसँग खेलिरहेको स्पष्ट छ, रुस उसकै नागरिक र हाम्रो समाजको भावनासँग खेलिरहेको छ ।’

विमानमा को–को छ भन्ने ठोस जानकारी जीयूआरलाई थिए । आफूलाई विमानमा सवाहरुबारे जानकारी नभएको जीआरयूले भनेको छ । यस घटनामा रुसको हात हुन सक्ने चेतावनी जीयूआरले दिएको भएपनि रुसी विमान देखेर जीयूआरले खसाएको आशंका पनि गरिएको छ । 

यसको पुष्टि हुन सकेको छैन । उता, रुसले पनि विमान खसालेको भन्दै युक्रेनको निन्दा गरेको छ । यसलाई रुसले ‘राक्षसी कृत्य’ भनेको छ । ‘जेलेन्स्कीको मतलब युक्रेनको सरकारको आपराधिक कृत्यलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मान्यता दिने भन्ने थियो भने यसको साँच्चै आवश्यकता थिएन,’  रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभले भनेका छन् ।

सुरुमा विमानमा रुसी हवाई रक्षा प्रणालीका लागि मिसाइल लगिएको भन्ने बताइएको थियो । सो रिपोर्टमा युक्रेनी युद्धबन्दीको उल्लेख गरिएको थिएन । अहिलेसम्म पनि विमानमा को–को थिएँ भन्ने पुष्टि हुन सकेको छैन । तर दुई पक्षबिच भएको सम्झौता अनुसार आफ्नो सेनाहरुको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी रुसको भएको युक्रेनी सैन्य जासुस संयन्त्रको भनाई छ । पहिलो पटक रुसले हजाई क्षेत्रको सुरक्षा सुनिश्चित नगरेको जीयूआरको भनाई छ । रुसले युद्धबन्दीहरुको ज्यान खतरामा पार्न जानीजानी जानकारी नदिएको युक्रेनको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप