काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँद याममा अहिलेसम्मकै कम तापक्रम मापन हो ।
शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिउँदे वर्षा नभए पनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ । त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ ।
महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
-
प्रोसेस पाण्डेले कसरी जिते द भ्वाइस अफ नेपालको टाईटल ?
-
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन