अमेरिकामा पहिलो पटक हत्याका दोषीलाई नाइट्रोजन दिएर मृत्युदण्ड
वासिङ्टन डिसी । अमेरिकामा हत्याका दोषीलाई पहिलो पटक नाइट्रोजर दिएर मृत्युदण्ड दिइएको छ । त्यहाँको अलाबामामा हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । मृत्युदण्डका लागि यो विधि अपनाएको अमेरिकामा यो नै पहिलो पटक हो ।
५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपिल गरेका थिए । उनले सङ्घीय अदालतमा पनि अपिल गरेका थिए । यो मृत्युदण्डको क्रूर र असामान्य भएको उनको तर्क थियो । स्मिथको अनुहारमा हावा नछिर्ने मास्क बाँधेर नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो । शरीरलाई निष्क्रिय बनाउने नाइट्रोजन ग्यास हो ।यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।
केनेथ सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए । उनले एक धार्मिक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या गरेका थिए । उनले पैसा लिएर यो हत्या गरेका थिए । सेनेटलाई पहिले छुरा प्रहार गरी कुटपिट गरी हत्या गरियो । यसका लागि स्मिथ र उनको पार्टनरलाई भुक्तानी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण