सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा पहिलो पटक हत्याका दोषीलाई नाइट्रोजन दिएर मृत्युदण्ड

शुक्रबार, १२ माघ २०८०, १० : ४९
शुक्रबार, १२ माघ २०८०

वासिङ्टन डिसी । अमेरिकामा हत्याका दोषीलाई पहिलो पटक नाइट्रोजर दिएर मृत्युदण्ड दिइएको छ । त्यहाँको अलाबामामा हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । मृत्युदण्डका लागि यो विधि अपनाएको अमेरिकामा यो नै पहिलो पटक हो ।

५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपिल गरेका थिए । उनले सङ्घीय अदालतमा पनि अपिल गरेका थिए । यो मृत्युदण्डको क्रूर र असामान्य भएको उनको तर्क थियो । स्मिथको अनुहारमा हावा नछिर्ने मास्क बाँधेर नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो । शरीरलाई निष्क्रिय बनाउने नाइट्रोजन ग्यास हो ।यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।

केनेथ सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए । उनले एक धार्मिक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या गरेका थिए । उनले पैसा लिएर यो हत्या गरेका थिए । सेनेटलाई पहिले छुरा प्रहार गरी कुटपिट गरी हत्या गरियो । यसका लागि स्मिथ र उनको पार्टनरलाई भुक्तानी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप