सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खानेपानी पाइप फुटेपछि भासियो बानेश्वरको सडक, तस्बिरहरु

खानेपानी पाइप फुटेपछि भासियो बानेश्वरको सडक, तस्बिरहरु

शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । खानेपानीको पाइप फुटेपछि नयाँ बानेश्वरमा सडक भासिएको पाइएको छ ।

शुक्रबार बिहान सडक भासिएपछि गुडिरहेको बस फसेको थियो । सडक भासिएपछि सडक विभागले सडक मर्मतको काम थालेको जनाएको छ । सडक भासिएपछि विभागका कर्मचारीहरु शुक्रबार उक्त स्थानमा पुगेर अनुगमन गरेका थिए । उनीहरुका अनुसार मेलम्ची खानेपानीको पाइप फुटेकाले सडक भासिएको हो । 

यद्यपि मेलम्ची खानेपानीले त्यसबारे केही प्रतिक्रिया दिएको छैन । शुक्रबार सडक भासिएर गाडी फसेपछि दिनभर बानेश्वर क्षेत्रको यातायातमा केही असहजता भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया