सूर्यको घातक बलिङ, १ सय ६ रनमा समेटियो लुम्बिनी
शनिबार, १३ माघ २०८०, ११ : ४४
काठमाडौँ । सूर्य तामाङले घातक बलिङ गरेपछि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश बागमती प्रदेशविरुद्ध मात्र १ सय ६ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी मात्र ३२.२ ओभरमा अलआउट हुन पुग्यो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै निर्मल गुरुङ २७ रन बनाएर नटआउट रहे । प्रज्ज्वल थापाले १४ तथा विराट भण्डारीले १३ रन बनाउनबाहेक अन्य खेलाडीले ठुलो योगदान दिन सकेनन् ।
बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ६ विकेट लिए । विपिन आचार्यले २ तथा प्रतिश जिसी र कृजन गुरुङले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण