टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन
शनिबार, १३ माघ २०८०, १४ : २८
काठमाडौँ । देशको आधिकारिक राजपत्रमा प्रकाशित प्रोटोकलअनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नाटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेका छन् । टर्की संसद्ले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्विडेनको प्रस्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले यो कानुन प्रकाशित गरेका हुन् ।
टर्कीको संसद्ले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि उक्त विधेयकमा मतदान गरेको हो । मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान सुरु गरेपछि स्विडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण