मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा मैत्रीपूर्ण क्रिकेट खेल्न आउन लागेको टिमलाई क्यानडाबाट  बिदाइ

आइतबार, १४ माघ २०८०, ०८ : १५
आइतबार, १४ माघ २०८०

बुटवल । क्यानडामा रहेका  नेपाली सङ्घ संस्थाले  एक समारोहबिच   टिम क्यानडालाई औपचारिक बिदाइ गरेका छन्। 

एनआरएनए क्यानडा, एनसिएनसी, लालीगुराँस स्पोर्टस एन्ड कल्चरल क्लब, नेपाली जनसम्पर्क समिति लगायतले संयुक्त रूपमा औपचारिक कार्यक्रम गरी 

क्यानडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्ने आउने टिमलाई बिदाइ गरेको  नेपाली जनसम्पर्क समिति क्यानडाका कार्यवाहक अध्यक्ष मुक्तिराज पौडेलले रातोपाटीलाई बताए । 

क्यानडाको राष्ट्रिय क्रिकेट टिमले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ। टिम क्यानडा जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल  आउनेछ  ।  यसअघि नेपाली टोली क्यानडा आएर खेल खेलेको थियो। क्यानडाको क्रिकेट टोली भने पहिलो पटक नेपाल गएर खेल्न लागेको हो ।

टिम क्यानडाले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग फेब्रुअरी १०, १२ र १४ मा काठमाडौँमा तीन वटा एक दिवसीय खेल खेल्ने छ। क्रिकेट एसोसिएसन अफ नेपालले २०२४ को खेल क्यालेन्डरमा दुई देशबिच एक दिवसीय क्रिकेट म्याच हुने घोषणा गरिसकेको छ।

उक्त क्यालेन्डर प्रकाशनका बेला नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले नेपाल भ्रमणका क्रममा क्यानडाले १० दिन प्रशिक्षण पनि गर्ने जनाएका थिए।प्रशिक्षणका क्रममा नेपालको ‘ए’ टिमसँग कम्तीमा तीन वटा ५० ओभरको खेल र ट्वान्टी–२० खेल खेल्ने बताएका थिए। 

नेपालसँग तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेलेपछि क्यानडाले १० दिन मूल पानीमा अभ्यास गर्दै नेपाल ‘ए’ सँग थप खेलहरू खेल्ने जनाइएको छ।

कार्यक्रममा क्यानडा स्थित नेपाली कार्यवाहक राजदूत रोजिना ताम्राकार, एन आ एन ए  उपाध्यक्ष किरोज श्रेष्ठ,  महासचिव  चन्दा अधिकारी,  जनसम्पर्क समिति क्यानडाका कार्यवाहक सभापति मुक्तिराज पौडेल,  अनिल थापा, थिए , प्रतीक भण्डारी, भूमिराज घिमिरे , मान पौडेल, नरहरि तिम्सिना, शिव डल्लाकोटि ,  लीला पाण्डे, राजकुमार राई लगायत ले मन्तव्य राखेका थिए। उनीहरूलाई  नेपाली टोपी लगाएर सम्मान गरेको  जनसम्पर्क समिति क्यानडाका कार्यवाहक सभापति मुक्तिराज पौडेलले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप