बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
माैसम

काठमाडौँमा आज यस वर्षकै बढी जाडो, कति पुग्यो न्यूनतम तापक्रम ?

आइतबार, १४ माघ २०८०, ०९ : १४
आइतबार, १४ माघ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस,  नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तत्काल वर्षको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । 

 

tem

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप