माैसम
काठमाडौँमा आज यस वर्षकै बढी जाडो, कति पुग्यो न्यूनतम तापक्रम ?
आइतबार, १४ माघ २०८०, ०९ : १४
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तत्काल वर्षको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण