३ दिनदेखि धनगढीको आकाश खुलेन, उडान प्रभावित
आइतबार, १४ माघ २०८०, ०९ : ३२
धनगढी । गएको ३ दिनदेखि धनगढी–काठमाडौँको उडान प्रभावित भएको छ । गएको शुक्रबारदेखि लागेको बाक्लो हुस्सुको कारण उडान प्रभावित भएको जनाइएको छ ।
धनगढी विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टका अनुसार शुक्रबार धनगढी–काठमाण्डौंको एउटा मात्र उडान भयो । भने शनिबार सबै उडान ठप्प भएको भट्टले जानकारी दिए । आज आइतबार पनि बिहानैदेखि अकास नखुलेकोले दिउँसो मात्रै उडानबारे थाहा हुने बताइएको छ ।
धनगढीबाट उडान भर्नका लागि १७०० मिटरसम्म आँखाले देखिनुपर्ने हुन्छ । तर आज १०० मिटरसम्म मात्रै देखिएको बताइएको छ । यहाँबाट बुद्ध एयरको २ र श्रीएयरको ४ वट गरी दैनिक ६ वटा उडान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण