सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय परिषद बैठक

मुलुकको राजनीतिमा अझै अस्थिरताको बादल मडारिरहेको छ : माधव नेपाल

आइतबार, १४ माघ २०८०, १३ : २२
आइतबार, १४ माघ २०८०

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताएका छन् । आइतबार पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताएका हुन् ।

‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन्’, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्,‘यसबिच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।’

अहिले पनि संसदमा १२ वटा राजनीतिक दल कायम रहेको भन्दै उनले २०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् । तर उनले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।

उनले राजनीतिक स्थिरता र सरकारको स्थिरताबारे प्रश्न उठेको भन्दै संसदमा परिवर्तन पक्षधर र विपक्षमा रहेका राजनीतिक दलबिच द्वन्द्व चलिरहेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको पनि बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप