मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल भन्छन्– राष्ट्रियसभामा भोट क्रस हरेक दलमा छलफलको विषय बनेको छ

आइतबार, १४ माघ २०८०, १३ : ३३
आइतबार, १४ माघ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय हरेक दलमा छलफलको विषय बनेको बताएका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भोट क्रसकै कारण कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएर एमालेका उम्मेदवार निर्वाचित भएको भन्दै यो विषय सबै दलका लागि छलफलको विषय भएको बताएका हुन् ।

‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबिच भागबन्डा भएको थियो । तर कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे । यो घटना सवै दलका लागि छलफलको विषय हुन पुगेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले एमालेले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि वार्ता, छलफल गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको तर आफ्नो पार्टीकाे विरोधका कारण एमालेको उक्त प्रयास सफल हुन नसकेको दाबी गरे । ‘यस्तो अवस्थामा एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो’, अध्यक्ष नेपालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप