सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तारकेश्वरको पसलमा आगलागी, लाखौँको क्षति

आइतबार, १४ माघ २०८०, १३ : ५८
आइतबार, १४ माघ २०८०

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डसना र माछा पसलमा शनिबार दिउँसो आगलागी भएको हो । 

प्रहरीका अनुसार आगलागीबाट नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप