सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बालेनले महानगर शिक्षा शाखा प्रमुखलाई सोधे स्पष्टीकरण

आइतबार, १४ माघ २०८०, १७ : १२
आइतबार, १४ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्ने मौका दिएका हुन् । 

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।

उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेश गर्न भनिएको स्वकीय सचिव शाहले बताए । 

रत्नराज्य स्कुलमा विज्ञान विषयको ‘प्लस टु’ चलाउन अनुमति पत्र दिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार अनुमति दिइएको भनिएको थियो । तर, समितिले यो विषयमा कुनै निर्णय नगरेको तर, शिक्षा प्रमुखले अनुमति दिएको पाइएपछि सफाइ पेश गर्ने मौका दिइएको उनको भनाइ छ ।  कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टु मा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप