बारामा १०२ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ
आइतबार, १४ माघ २०८०, १७ : ३६
वीरगन्ज । मधेश प्रदेश प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले बाराको बरियापुरबाट सुवर्ण गाउँपालिका ७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।
ब्राउन सुगरजस्तो देखिने १०२ ग्राम लागु औषधसहित उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार सिमरातर्फ जाँदै गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकल जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको हो ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण