फ्लुविरुद्ध वर्षमा एकपटक खोप लगाउन सकिन्छ : डा.पुन
काठमाडौँ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फ्लु आर्थत इन्फ्लुइन्जा ए र बी भाइरसको विरुद्ध खोप लगाएर यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताएका छन् । ‘वर्षमा दुई सिजन चिसो (फेब्रुअरी र मार्च ) र बर्खा (अगस्ट र सेप्टेम्बर) मा फ्लु देखापर्छ’ उनले भने । फ्लुविरुद्ध वर्षमा एकपटक खोप लगाउन सकिने पुनले बताए ।
फ्लुका कारण मानिसमा सामान्यत: रुघाखोकी, ज्वरो, शरीर तथा जोर्नीहरू दुख्नु, थकान महसुस हुनु, घाँटी खस खसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या देखिने गर्छ । यो चरणमा कमैले स्वास्थ्य जाँच गराउँछन् । सामान्यतः हप्ता दिनमा यो रोग निको हुने भए पनि यसबाट निमोनिया, दम र पक्षघात जस्ता रोगको जोखिम समेत हुनसक्छ ।
फ्लुविरुद्ध दीर्घा रोगका बिरामी, बालबालिका, वृद्धावृद्ध र इम्युनिटी पावर कम भएका मानिसले चिकित्सकको सल्लाह लिएर खोप लगाउन सकिने डा.पुनले सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण