५१ किलो गाँजासहित तीन जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट ठुलो परिणाममा गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई धनकुटा र कास्कीबाट पक्राउ गरेको हो ।
धनकुटाको सागुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोसहित सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोको इन्जिनको भागमा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-२ सार्दिखोला कोलचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३० ग्रामसहित सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३४ वर्षीय कुमार सुनार समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण