५१ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट ठुलो परिणाममा गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई धनकुटा र कास्कीबाट पक्राउ गरेको हो ।
धनकुटाको सागुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोसहित सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोको इन्जिनको भागमा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-२ सार्दिखोला कोलचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३० ग्रामसहित सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३४ वर्षीय कुमार सुनार समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन