राजनीतिक सङ्क्रमणमा प्रेसको भूमिका महत्त्वपूर्ण हुन्छ : पोखरेल
वीरगन्ज । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले राजनीतिक सङ्क्रमण अझै रहेको बताउँदै त्यसका लागि प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । सोमवार वीरगन्जमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै उनले प्रेस समाज रूपान्तरणका लागि सञ्चालन हुनुपर्ने बताए ।
उनले भने, ‘प्रेस राज्यको चौथो अङ्ग हो । समाज रूपान्तरणका लागि प्रेस सञ्चालन भएको हो । प्रेसको काम अझै बाँकी छ, बाँकी कामहरू गर्नुपर्छ ।’ सो पार्टीका केन्द्रीय सचिव समेत रहेका उनले पछिल्लो समय सामाजिक सञ्जालले सूचना प्रवाहका लागि सहजता थपिदिए पनि चुनौती थपिएको बताए ।
पोखरेलले भने, हामी पहिला प्रिन्ट मिडियामा आश्रित थियौँ, अहिले डिजिटलमा गएका छौ । सामाजिक सञ्जालहरू सूचनाका लागि जसरी सहज भएको छ त्यसरी नै चुनौती थपिएको छ । विकृति र अश्लीलता बढी देखिन्छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा देखिएको विकृतिलाई नजर अन्दाज गर्न मिल्दैन । सरकारले त्यसको व्यवस्थापनका लागि काम गर्नुपर्छ ।’
उनले सञ्चारमाध्यम ठुला उद्योगपतिको हातमा गएको बताउँदै ती सञ्चारमाध्यामहरुमा जनताको कुरा नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण