बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युओजी मार्फत अभिनयमा कमब्यक गर्दै सलिनमान

मङ्गलबार, १६ माघ २०८०, १० : ४३
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । अभिनेता सलिनमान बनियाँ फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्ममा देखिने भएका छन् । मंगलबार निर्माण घोषणा भएको फिल्म युओजी ः युनिभर्सिटी अफ गुण्डाजमा उनको मुख्य भूमिका रहने भएको हो । 

निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक पनि गरेको छ । जसमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ ।

विश्वविद्यालयमा हुने गुण्डाराजको विषयमा फिल्म बन्न लागेको हो । फिल्मको मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भैसकेका छन् । यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो । सलोन र सलिनमानले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक सहकार्य गर्न लागेका हुन् ।

फिल्म आगामी नयाँ वर्षबाट छायाङ्कनमा जाँदै छ । ४ करोड निर्माण लागत बताइएको फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी बिस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ ।

पूर्ण रूपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप