प्रधानमन्त्रीबाट सहिदको अवमूल्यन हुने काम भयो : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको समुदायमा कांग्रेस अभियानको विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालबाट सहिदको अवमूल्यन हुने काम भएको बताएका हुन् ।
कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप सहिद थप्ने कुरा गर्नुभयो। सहिद दिवसका दिन हामीले सहिदहरूलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’ उनले सहिदको वास्तविक परिभाषालाई अङ्गीकार गरी अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । ‘सहिदको वास्तविक परिभाषालाई अङ्गीकार गरी अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ’ कोइरालाले भने, ‘सहिदको सङ्ख्या थप्दै गर्दा सहिदकै अपमान हुने बुझेको छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १३ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका थिए । कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरुपमा जनतामाझ पुर्याउन महानगरले काम गर्दै आएको समेत बताए । जापानको सहयोगी संस्था जाइकाले महानगरभित्र विच्छाइएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे । त्यस्तै सुकुम्वासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासामा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण