सुदूरपश्चिमका मुख्यमन्त्रीले अछाम पुगेर गरे फेरीको शिलान्यास, बजेटको टुङ्गो नै छैन
सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल कमल बहादुर शाहले मंगलबार अछामको सबैभन्दा विकट तुर्माखाँद गाउँपालिका–४, जंगलघाट–पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका जोड्ने फेरीको शिलान्यास गरेका छन् ।
कर्णाली नदी किनारामा तामझामका साथ फेरीको शिलान्यास गरिए पनि उक्त ठाउँमा फेरीको न कुनै योजना थियो, न बजेट । जनताका लागि निकै आवश्यक भए पनि त्यहाँ फेरी बनाउने भनेर कुनै निकायबाट बजेटको व्यवस्था गरिएको छैन । तर, अछाम आएको मौकामा मुख्यमन्त्रीको हातबाट बजेटबिनै शिलान्यास गरिएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली चिसापानी–जङ्गलघाट–तुर्माखाँद सडकखण्ड अन्तर्गत जङ्गलघाटमा गाडी ओसारपसार गर्ने वैकल्पिक व्यवस्थाका लागि फेरीको शिलान्यास गरिएको बताइएको छ । त्यहाँ फेरी सञ्चालन भएको खण्डमा अछामबाट सुर्खेत हुँदै कैलालीसम्म छोटो दूरी पर्न जान्छ ।

शिलान्यास कार्यक्रममा संघीय सांसद पुष्पबहादुर शाह, प्रदेश सांसद अक्कल बहादुर रावल, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विसी, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद लगायत जनप्रतिनिधि, दलका नेताहरु सहभागी थिए ।
तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसी बजेटबिनै शिलान्यास गरिनु उचित नभएको तर्क गर्दछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यस्तै त हो नि, हतार–हतारमा मुख्यमन्त्री यहाँ आउने कार्यक्रम थियो । त्यसैको मौका पारेर शिलान्यास गरेका हौँ, आजका मितिसम्म त्यसका लागि बजेटको एक रुपैयाँ पनि छैन ।’
उदघाटन पश्चात मुख्यमन्त्री शाहले यो आर्थिक वर्षभित्रै बजेट व्यवस्थापन गर्छु भनेको विसीले सुनाए । ‘प्राविधिक हिसाबले कि पालिकाका नाममा अनुदान हालेर हामीले उपभोक्ता समितिमार्फत काम गरे असारसम्म सकिने रहेछ, पूर्वाधार कार्यालय मार्फत गर्ने हो भने टेण्डर प्रक्रियाबाट गर्नुपर्ने रहेछ,’ अध्यक्ष विसीले भने, ‘प्राविधिकहरुले यो बर्ष सकिँदैन भनेका थिए तर मुख्यमन्त्री आएको मौका छोपेर शिलान्यास गरियो ।’
प्रदेश सरकारको मुख्य मान्छे आएपछि आफू पनि त्यहाँ पुगेको उनले बताए । तुर्माखाँद सबैभन्दा विकट गाउँपालिका हो । त्यसमा पनि दक्षिण–पूर्वी क्षेत्र अझ विकट छ । त्यस क्षेत्रका बासिन्दाहरु गाउँपालिकाको कार्यालय पुग्नुभन्दा कर्णाली वारी पश्चिम सुर्खेत र दैलेखसँग बढी नजिक मानिन्छन् । त्यहाँबाट सवारी साधन चढ्नका लागि कर्णाली राजमार्ग र पश्चिम सुर्खेतको पञ्चपुरी पुग्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण