दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता : मन्त्री गुरुङ
तनहुँ । सहरी विकासमन्त्री सीता गुरुङले दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताएकी छन् ।
तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाललाई आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीको खाँचो रहेको औँल्याइन् । अहिलेको परम्परागत शिक्षाले बेरोजगार जनशक्ति मात्रै उत्पादन गरेकाले प्राविधिक शिक्षामा जोड दिँदै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नेतर्फ सामुदायिक विद्यालय तथा क्याम्पसले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशको गरिबी निवारणका लागि नेपाल बिजुली बेच्न सक्ने हैसियतमा पुगेको बताए । कांग्रेसको नेतृत्वमा देशको विकास भएको उल्लेख गर्दै उनले कांग्रेसकै नेतृत्वमा रोजगारीको अवसर सृजना भएको स्पष्ट पारे ।
कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले शिक्षा क्षेत्रको विकासका बारेमा धारणा राखेका थिए । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमका विजयीलाई पुरस्कार वितरण गरिएको क्याम्पस प्रमुख ओजराज बगालेले जानकारी दिए । कार्यक्रममा लोक गायक राजु परियार र शिला आलेको साङ्गितिक प्रस्तुति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण