कहिले बन्छ गायक यम बरालको फिल्म ?
काठमाडौँ । गायक यम बरालले केही अगाडि फिल्म ‘तिमीलाई सम्झिँदा’ निर्माण गर्ने कुरा सार्वजनिक गरेका थिए । यो नाम बरालले आफ्नै चर्चित गीत ‘बादलुको घुम्टोले’ बाट लिएका हुन् ।
फिल्म घोषणा गर्दा फिल्म गीतमै आधारित रहेर निर्माण हुने बताएका थिए । घोषणा गरेको करिब एकवर्ष बितिसक्दा पनि बरालको फिल्म छायांकन हुने तरखर छैन । केही दिनअगाडि एक कार्यक्रममा बराललाई रातोपाटीले प्रश्न गरेको थियो । तपाईंले घोषणा गरेको फिल्म अव बन्छ कि बन्दैन ? जवाफमा बरालले फिल्म बन्ने तर केही समय लाग्ने बताए ।
‘फिल्मको निर्माता पारिवारिक काममा अल्झिएका छन्’, बरालले भने ‘फिल्म बन्छ । तर केही समय पछि मात्र ।’ कति समयपछि बन्ने विषयमा उनले केही खुलाएका छैनन् ।
बरालले फिल्म लभस्टोरी कथामा बनाउन लागेका हुन् । जसको मुख्य भूमिकामा उनी आफैँ देखिनेछन् । शिवम् अधिकारीको पटकथा तथा संवाद रहने फिल्मको कलाकार र निर्देशक तय हुन बाँकी छ ।
बताइएको यो फिल्ममा बराल आफै गायकको भूमिकामा देखिनेछन् । ‘बादलुको घुम्टोले’ गीत बरालले झन्डै तीन दशकअघि गाएका थिए । गीतको म्युजिक भिडियो समेत बनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण