निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ । बुधवार कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।
रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
त्यसअघि काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध उनकी पत्नी उच्च अदालत पाटनमा ७३ नम्बरको निवेदन बोकेर पुगेकी थिइन् । उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९/०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनको माग छ । आफ्नो मागलाई दबाब दिन भन्दै उनकी पत्नी कहिले सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास गर्ने त कहिले अनसन बस्ने गरेकी छिन् ।
दुई पटक पेसीमा चढेर हेर्न नभ्याइएको उक्त निवेदन बुधवार कामु प्रधानन्यायाधीश खतिवडा र न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ भएपछि आदेश र सोसँग सम्बन्धित मिसिल झिकाउने आदेश भएको हो । साथै उक्त निवेदनको सुनुवाइका लागि आगामी माघ २४ गतेको पेसी समेत तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण