सलमान खानको नाममा भयो घोटाला
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको नाममा घोटाला भइरहेको छ । खानको प्रडक्शन हाउसले यसबारे अलर्ट गराउन नोटिस नै जारी गरेको छ । सलमान खान फिल्म्स (एसकेएफ)ले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो प्रडक्शन हाउसको नामबाट अभिनेता र अभिनेत्रीहरूलाई आउन सक्ने फेक फोन कलबारे सतर्क गराएका थिए । अहिले आफूहरूले कुनै पनि फिल्मका लागि कास्टिङ नगरेको एसकेएफले भनेको छ । केही मान्छेले भ्रम फैलाइरहेको अनि यस्तो गर्ने विरुद्ध कडा कारबाही गर्न पनि भनिएको छ ।
एसकेएफको आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा अहिले कुनै फिल्मको कास्टिङ नभएको बताइएको छ । आफूले गर्दै नगरेको कास्टिङ गरिरहेको भन्दै अफवाह फैलिरहेको थाहा पाएपछि एसकेएफले विज्ञप्ति जारी गरेको थियो । यस मामिलामा सलमान खानको समेत नाम मुछिएको छ । अभिनेताको नाम गलत तरिकाले प्रयोग भएको पाएपछि उनको नाम बदनाम नहोस् भनेर उनको टिमले ट्विटरमा एड्भाइजरी जारी गर्दै यसबारे अलर्ट गराएका थिए ।
सलमान खानको टिमले यस्तो खालको अलर्ट म्यासेज जारी गरेको यो नै पहिलो पटक होइन । गएको वर्ष पनि कम्पनीले सलमानको नाम लिएर फेक गर्नेहरु विरुद्ध एक्सन लिएका थिए । भने सर्वसाधारणहरूलाई यसबारे सतर्क समेत गराएका थिए । सलमान खानको ब्यानरमा बजरंगी भाइजान, दबंग फ्रेन्चाइजी, हीरो, ट्युबलाइट, नोटबुक, लवयात्री, भारत, कागज, राधे, अन्तिम र किसीका भाइ किसीका जान जस्ता कयौं हिट फिल्म बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण