सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानको नाममा भयो घोटाला

बुधबार, १७ माघ २०८०, १५ : ०४
बुधबार, १७ माघ २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको नाममा घोटाला भइरहेको छ । खानको प्रडक्शन हाउसले यसबारे अलर्ट गराउन नोटिस नै जारी गरेको छ । सलमान खान फिल्म्स (एसकेएफ)ले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो प्रडक्शन हाउसको नामबाट अभिनेता र अभिनेत्रीहरूलाई आउन सक्ने फेक फोन कलबारे सतर्क गराएका थिए । अहिले आफूहरूले कुनै पनि फिल्मका लागि कास्टिङ नगरेको एसकेएफले भनेको छ । केही मान्छेले भ्रम फैलाइरहेको अनि यस्तो गर्ने विरुद्ध कडा कारबाही गर्न पनि भनिएको छ ।

एसकेएफको आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा अहिले कुनै फिल्मको कास्टिङ नभएको बताइएको छ । आफूले गर्दै नगरेको कास्टिङ गरिरहेको भन्दै अफवाह फैलिरहेको थाहा पाएपछि एसकेएफले विज्ञप्ति जारी गरेको थियो । यस मामिलामा सलमान खानको समेत नाम मुछिएको छ । अभिनेताको नाम गलत तरिकाले प्रयोग भएको पाएपछि उनको नाम बदनाम नहोस् भनेर उनको टिमले ट्विटरमा एड्भाइजरी जारी गर्दै यसबारे अलर्ट गराएका थिए ।

सलमान खानको टिमले यस्तो खालको अलर्ट म्यासेज जारी गरेको  यो नै पहिलो पटक होइन । गएको वर्ष पनि कम्पनीले सलमानको नाम लिएर फेक गर्नेहरु विरुद्ध एक्सन लिएका थिए । भने सर्वसाधारणहरूलाई यसबारे सतर्क समेत गराएका थिए । सलमान खानको ब्यानरमा बजरंगी भाइजान, दबंग फ्रेन्चाइजी, हीरो, ट्युबलाइट, नोटबुक, लवयात्री, भारत, कागज, राधे, अन्तिम र किसीका भाइ किसीका जान जस्ता कयौं हिट फिल्म बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप