शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

४ हजार घुस लिने अमिनविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

बुधबार, १७ माघ २०८०, १५ : ४४
बुधबार, १७ माघ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारले बुधबार चार हजार रुपैयाँ घुस लिने ढकालविरुद्ध आरोपपत्र दायर गरेको हो । 

अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘अनुसन्धानको सिलसिलामा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवतवापत रु.४,०००।(चार हजार रुपैयाँ) माग गरी लिएको पुष्टि भएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो रु ४,००० ।– (चार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।’

नापी कार्यालय नवलपरासीका अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग चार हजार घुस मागेको अख्तियारको ठहर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप