मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

इन्द्रावती आयोजनाको काम सुरु

बुधबार, १७ माघ २०८०, १८ : ०८
बुधबार, १७ माघ २०८०

सिन्धुपाञ्चोक । नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनः सुरु भएको छ ।

विसं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनः निर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो ।

विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूललागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिए । चार दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ ।

मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप