अल्भारेजको दुई गोलमा सिटीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए । अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए ।
१६ औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औ मिनेट) मा तेस्रो गोल गरेको थियो ।
रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३–० को सहज अवस्थामा अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन ।
जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
-
भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
बालमन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण