पाँच करोडभन्दा बढीमा लिलामी हुँदै मेस्सीले १३ वर्षको उमेरमा बार्सिलोनासँग गरेको सम्झौतापत्र
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो व्यवसायीक खेलजीवनको अधिकांश समय स्पेनिस ला लिगा क्लब बार्सिलोनामा बिताए । ३६ वर्षीय मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् ।
अहिले फेरी स्पेनिस ‘पावर हाहउस’ बार्सिलोनासँग जोडिएर मेस्सीको नाम चर्चामा आएको छ । तत्काल मेस्सी बार्सिलोना फर्कन खोजेका भने होइनन् । खासमा मेस्सीले केवल १३ वर्षको उमेरमा यो स्पेनिस क्लबसँग सम्झौता गर्दा हस्ताक्षर गरेको कागज लिलामीमा राखिने भएको छ ।
मेस्सीले हस्ताक्षर गरेको त्यो सम्झौतापत्रको मूल्य तीन लाख पाउण्ड (करिब पाँच करोड सात लाख नेपाली रुपैयाँ) राखिएको छ । मेस्सी र बार्सिलोनाबिच सन् २००० को डिसेम्बरमा पहिलो सम्झौता भएको थियो । त्यतिबेला मेस्सी केवल १३ वर्षका थिए ।
त्यही सम्झौतापत्र अहिले लिलामीमा राख्न खोजिएको हो । त्यो सम्झौतापत्रमा मेस्सीका अतिरिक्त बार्सिलोनाका तत्कालीन निर्देशक कार्लेस रेक्साच, बार्सिलोनाका खेलाडी स्थानान्तरण सल्लाहकार जोसेफ मिनगुएला र प्रतिनिधि होरासियो गागिओलीको हस्ताक्षर रहेको छ ।
केवल १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा ‘डेब्यू’ गरेका मेस्सीले क्लबका लागि सात सय ७८ खेल खेल्दै कुल ६ सय ७२ गोल गरेका थिए । उनले क्लबलाई १० वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि पनि चुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण