युरोप पठाउने प्रलोभनमा ६ सय जनाभन्दा बढीबाट करोडौँ रकम ठगी
काठमाडौँ । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङ रहेका छन् ।
तामाङले काठमाडौँको बालाजु चोक स्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी आफूलाई विकास वाईवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरूमा पठाई दिन्छु भन्ने प्रलोभनमा पारी ६०० जना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट करोडौँ रकम ठगी गरेका थिए । उनलाई वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेका अनुसार अनुसन्धानको क्रममा तामाङ २०७३ सालबाट आयुष मेनपावर लगायत विभिन्न मेनपावरहरूमा ऐजेन्टको रूपमा काम गर्न थालेका थिए । करिब ५ वर्ष ऐजेन्टको काम गरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाउन सुरु गरेका थिए ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनि रकम लिई नक्कली भिषा देखाई जागिर छोड्न लगाएको खुल्न आएको छ । विकास वाईवाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक/वित्तिय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
२०७७ सालमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानहरूमा लुकीछिपी बसेको घिमिरेले जानकारी दिए । फरार रहेका तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण