समृद्धिको स्पष्ट नीति नहुँदा समस्या भयो : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश समृद्धिको स्पष्ट नीति नहुँदा समस्या भएको बताएका छन् । बागमती प्रदेशसभाको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको समृद्धि र यात्राको स्पष्ट नीतिको अभाव भइरहेको बताए ।
समृद्धिको यात्रामा प्रदेश सरकारले स्पष्ट नीतिका साथ काम गर्न अघि बढ्ने तयारी गरेको उनले बताए । सरकारले समृद्धिका लागि नीति निर्माण गर्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । सरकारले नयाँ सुरुवात गर्ने उद्देश्य अनुसार खास क्षेत्रहरुमा विशेष नीति निर्माण गरेर कार्यक्रम कार्यान्वयनमा अघि बढेको उनले बताए । जनताले वर्तमान व्यवस्थाको विकल्प नखोजेको भन्दै सरकार सिस्टमको अधीनमा नै रहेर काम गरिरहेको उनको भनाई छ ।
‘हाम्रो यात्रा कता हो । निश्चित समयपछि हामी पुग्ने कहाँ हो । त्यो यकिन छैन । हामीसँग प्रदेशको समृद्धिको स्पष्ट नीति नै छैन,’ उनले भने,‘हामी परम्परागत शैलीमा चलिरहेका छौँ । नयाँ सुरुवातको साहस कसैले गर्न सक्दैनन् । नयाँ गर्ने हाम्रो चाहना कसैसँग छैन । हाम्रो राजनीति र कर्मचारी संरचना पुरानै शैलीको छ ।’
प्रदेश सरकारको ठुलो हिस्सा पूर्वाधार विकासमा लगानी भइरहेको र त्यसमा आफूलाई गर्व रहेको उनको भनाई । भौतिक पूर्वाधार क्षेत्रमा ५० लाखभन्दा कमका योजनाहरु स्थानीय सरकारलाई पठाउने र सोभन्दा माथिका योजनालाई पूर्वाधार तथा सडक पुल निर्माण सम्बन्धी नीति निर्माण गरेर अघि बढ्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । पछिल्लो समय सरकारको आलोचना तीव्र भइरहेकाले सबैले जिम्मेवार ढंगबाट काम गरेर जवाफ फर्काउन जरुरी रहेको उनले बताए । प्रदेश सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि आवासीय मोडलमा संचालन गर्ने नीति अवलम्बन गर्ने तयारी गरेको उनले बताए ।
उनमा अनुसार प्रदेशका नागरिकहरुलाई व्यवहारिक सिप प्रदान गर्न सरकारले सिटिइभिटीका प्राविधिक कोर्षहरुलाई माध्यमिक विद्यालयस्तरमा ल्याउने गरी अघि बढेको छ । सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश सरकार अन्तिम तयारीमा गरिरहेको उनको भनाई छ । कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले समुदायमा आधारित उत्पादन मोडलमा रहेर कृषक, सहकारी र सरकारलाई जोड्ने गरी काम अघि बढाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण