प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा कुराकानी भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्याउनेबारे छलफल भएको बताए ।
‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा कुराकानी भयो । खासगरी अहिले यसबारेको विधेयकमा समितिमा छलफल भइरहेको छ । त्यसलाई अलि राम्ररी मिलाएर छिटै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भयो’, प्रचण्डसँगको छलफलपछि अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’ सरकारले संसद्को हिउँदे अधिवेशनमार्फत कानुन बनाएर शान्ति प्रक्रियालाई पूर्णता दिने तयारी गरेको छ । तर एमालेले भने पीडित मैत्री कानुन बनाउनुपर्ने भन्दै विधेयकका केही बुँदामा असहमति राख्दै आएको छ । सरकार सकभर उक्त विधेयक सहमतिमै अघि बढाउने र नभए प्रक्रियाबाट टुङ्ग्याउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण