प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा कुराकानी भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्याउनेबारे छलफल भएको बताए ।
‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा कुराकानी भयो । खासगरी अहिले यसबारेको विधेयकमा समितिमा छलफल भइरहेको छ । त्यसलाई अलि राम्ररी मिलाएर छिटै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भयो’, प्रचण्डसँगको छलफलपछि अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’ सरकारले संसद्को हिउँदे अधिवेशनमार्फत कानुन बनाएर शान्ति प्रक्रियालाई पूर्णता दिने तयारी गरेको छ । तर एमालेले भने पीडित मैत्री कानुन बनाउनुपर्ने भन्दै विधेयकका केही बुँदामा असहमति राख्दै आएको छ । सरकार सकभर उक्त विधेयक सहमतिमै अघि बढाउने र नभए प्रक्रियाबाट टुङ्ग्याउने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव
-
धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा
-
यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची