भारतलाई ड्रोन बेच्न अमेरिकाले दियो अनुमति
नयाँ दिल्ली । अमेरिकी गृह मन्त्रालयले अमेरिकालाई ४ अर्ब डलर मूल्य बराबरको सशस्त्र ड्रोन, मिसाइल र अन्य उपकरणहरू बेच्ने प्रस्तावलाई मन्जुरी दिएको छ । यो सम्झौता सन् २०२३ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको समयमा घोषणा भएको थियो ।
तर अमेरिकी भूमिमा पृथकतावादी खलिस्तानी नेताको हत्या गरेको आरोपपछि डिसेम्बरमा सिनेटको समितिले सो सम्झौतालाई रोक्का गरिदिएको थियो । अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेपछि यो सम्झौता पूरा हुने देखिएको छ ।
यस सम्झौताअन्तर्गत भारतले अमेरिकासँग ३१ थान सशस्त्र एमक्यू–९ बी गार्डियन ड्रोन, १७० एजीएम–११४आर हेलफायर मिसाइल र ३१० थान लेजर बम्ब, सञ्चार र सर्भिलियन्स उपकरण आदि किन्ने पेन्टागनले बताएको छ । अमेरिकी सरकारले हत्या मामिलाबारे पूरा छानबिन गर्न सहमति गरेपछि सिनेटर बेन कार्डिनले सम्झौतामाथि आफूले लगाएको रोक फिर्ता लिएका थिए ।
यो हत्या प्रकरणमा आफ्नो संलग्नताको भारतीय विदेश मन्त्रालयले बारम्बार खण्डन गर्दै आएको छ । यो आरोपबारे छानबिन गर्न मन्त्रालयले उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण