भारतलाई ड्रोन बेच्न अमेरिकाले दियो अनुमति

नयाँ दिल्ली । अमेरिकी गृह मन्त्रालयले अमेरिकालाई ४ अर्ब डलर मूल्य बराबरको सशस्त्र ड्रोन, मिसाइल र अन्य उपकरणहरू बेच्ने प्रस्तावलाई मन्जुरी दिएको छ । यो सम्झौता सन् २०२३ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको समयमा घोषणा भएको थियो ।
तर अमेरिकी भूमिमा पृथकतावादी खलिस्तानी नेताको हत्या गरेको आरोपपछि डिसेम्बरमा सिनेटको समितिले सो सम्झौतालाई रोक्का गरिदिएको थियो । अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेपछि यो सम्झौता पूरा हुने देखिएको छ ।
यस सम्झौताअन्तर्गत भारतले अमेरिकासँग ३१ थान सशस्त्र एमक्यू–९ बी गार्डियन ड्रोन, १७० एजीएम–११४आर हेलफायर मिसाइल र ३१० थान लेजर बम्ब, सञ्चार र सर्भिलियन्स उपकरण आदि किन्ने पेन्टागनले बताएको छ । अमेरिकी सरकारले हत्या मामिलाबारे पूरा छानबिन गर्न सहमति गरेपछि सिनेटर बेन कार्डिनले सम्झौतामाथि आफूले लगाएको रोक फिर्ता लिएका थिए ।
यो हत्या प्रकरणमा आफ्नो संलग्नताको भारतीय विदेश मन्त्रालयले बारम्बार खण्डन गर्दै आएको छ । यो आरोपबारे छानबिन गर्न मन्त्रालयले उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?